लिभिङ विथ आइसिटीको आयोजनामा तेस्रो संस्करणको ‘नेटगियर आइसिटी अवार्ड २०१८’ को ७ विधामा ९ जनालाई सम्मान गरिएको छ।
शुक्रबार सम्पन्न ‘सूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ मूल नारासहित अवार्डमा सम्मानित भएकालाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा लगायतले सम्मान गरेका थिए।
आइसिटी स्टार्टअप अवार्ड, आइसिटी प्रडक्ट अवार्ड, आइसिटी पायोनियर अवार्ड, आइसिटी आन्ट्रप्रनर अवार्ड, आइसिटी डायस्पोरा अवार्ड, डिजिटल गभर्नेन्स अवार्ड, आइसिटी मिडिया रिकग्निसन अवार्ड रहेका थिए । साथै स्टार्टअप र प्रडक्ट अवार्डमा एक कम्पनीलाई जुरी स्पेशल मेन्सन अवार्ड पनि प्रदान गरिएको थियो ।
सबै विधामा १ सय २० को अनलाइन आवेदन आएको थियो । १० जनाको जुरी समुहले १ महिनासम्म अध्ययन, अन्तवार्ता, प्रिजेन्टेशन, कार्यालय भ्रमण, अनलाइन भोटिङ लगायतको छनौट प्रक्रृयाबाट छानिएको जुरी संयोजक हेमपाल श्रेष्ठले जानकारी दिए ।
आइसिटी अवार्ड २०१८ अन्तर्गत नेपाल प्रहरीले डिजिटल गभर्नेन्स अवार्ड पाएको थियो। सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने सरकारी निकायलाई वितरण गरिने यो अवार्डमा नेपाल प्रहरी उत्कृष्ट भएको हो
]नेपालमा पहिलोपटक इन्टरनेट सेवा भिœयाउने, बैंक तथा वित्तीय क्षेत्रका सफ्टवेयर निमार्ण गर्नेदेखि सूचना प्रविधिका महŒवपूर्ण प्रडक्टहरुको बजारीकरण गर्न योगदान दिएबापतु मर्कन्टाइल कम्युनिकेशनका संस्थापक सञ्जीव राजभण्डारीले आइसिटी पायोनियर अवार्ड पाए।
एफवान सफ्टका अध्यक्ष विश्वास ढकालले आइसिटी आन्ट्रप्रेनर अवार्ड प्राप्त गरे। त्यस्तै मल्टिनेश्नल कम्प्युटर नेटवर्किङ कम्पनी नेटगियरले शीर्ष प्रायोजन गरेको यस संस्करणको आइसिटी स्टार्टअप अवार्ड पिपुड डेभलपमेन्ट ल्याब प्रालिले जित्न सफल भएको छ ।
दर्शन टेकले केही महिनाअघि विकास गरेको इन्सुरेन्स म्यानेजमेन्ट सफ्टवेयर आइ–सोलुसन्स लाइफले आइसिटी प्रडक्ट अवार्ड जित्न सफल भयो ।
अनलाइनबाट ट्याक्सी सेवा प्रदान गर्दै आइरहेको सारथी प्रालीले जुरी स्पेसल मेन्सन अवार्ड जित्न सफल भएको छ । आइसिटी स्टार्टअप र प्रडक्ट दुवै विधामा उत्कष्ट ५ मा पर्न सफल सारथी उपभोक्तालाई प्रविधिसँग जोडेर सहज तरिकाले ट्याक्सी सेवा उपलब्ध गराउँदै आएको छ ।
त्यसैगरी अन्तराष्ट्रिय तहमा रही सूचना प्रविधिमा उदाहरणीय काम गरेको भन्दै लिपफ्रग टेक्नोलोजीका कार्यकारी प्रमुख हिमाल कर्माचार्यलाई आइसिटी डायस्पोरा अवार्ड पाएका थिए।
आइसिटी मिडिया रिकग्निसन अवार्ड न्यौपाने र साउदलाई
त्यसैगरी आइसिटी मिडिया रिकग्निसन अवार्ड पत्रकारद्धय सन्तोष न्यौपाने र गोपाल साउदलाई प्रदान गरिएको छ । साउद नयाँपत्रिका दैनिकमा कार्यरत छन् भने न्यौपाने नागरिक दैनिकमा कार्यरत छन् । आइसिटीलाई मुख्य विधा बनाएर पत्रकारिता गरेका पत्रकारलाई यो अवार्ड वितरण गरिन्छ ।