डेढ दर्जन बढी वाणिज्य बैंकहरुलाई शाखा रहित बैंकिङ्ग पद्दति विकास गरी सेवा दिँदै आइरहेको डि’रोज टेक्नोलोजीलाई फिनटेक स्टार्टअप कम्पनी सिटीटेकले गाभ्ने भएको छ।
वित्तीय संस्थाहरुको लागि सरल र स्वतन्त्र तरिकाले कार्य गर्ने गरी प्रष्ट विचार र नविन सेवा सुरु गरेको यस फिनटेक स्टार्टअप कम्पनीलाई ठूला घराना समुहले प्रवद्धित गरेको छ।
उक्त मर्जर सम्बन्धी सम्झौतामा डिरोजका तर्फबाट नेपाल भुषण गौलि र सिटीटेकको तर्फबाट प्रवन्ध निर्देशक एवम प्रमुख कार्यकारी अधिकृत सजन शर्माले हस्ताक्षर गरे।
फिनटेक व्यवसायको दुनियाँमा यी दुई संस्था गाभिएपछि अझ सशक्त र उत्साह थपिने दुवै कम्पनीको दावी छ। आगामी केही हप्ता भित्रै कानुनी र प्रशासनिक कार्य पुरा गरी व्यवसायलाई अघि बढाइने बताइएको छ।