एनसेलले मिदास एजुकेसनसँग सहकार्य गर्दै आफ्ना ग्राहकका लागि मिदास इ–क्लास सेवा ल्याएको छ। यो सेवाको सुरुवातसँगै अब एनसेलका ग्राहकले आफ्ना बालबच्चाहरुको शैक्षिक विकासका लागि श्रव्य÷दृष्यमा आधारित डिजिटल शैक्षिक सामाग्रीहरुको संग्रहबाट लाभ लिन सक्नेछन्।
मिदास इक्लास मोबाइल फोन, ट्याब्लेट वा कम्प्युटर माध्यमबाट बालबालिकालाई सिक्न सघाउने एक प्लेटफर्म हो। यहाँ उपलब्ध हुने पाठ्यक्रम श्रव्य÷दृश्यमा आधारित र अन्र्तक्रियात्मक हुने भएकाले बालबालिकाहरुले अभिरुची पुर्वक सिक्न सक्ने एनसेलको भनाइ छ। यस सेवामा प्लेगु्रप देखि कक्षा दश सम्ममा अध्ययन गर्ने विद्यार्थीका भिडियो ट्युटोरियल, विविध शैक्षिक सामग्रीहरु, गेम्स् तथा अभ्यासहरु छन्।
२८ गते सोमबारदेखि एनसेलका ग्राहकले यो सेवा प्रयोग गर्न सक्नेछन्। जस अन्तर्गत ग्राहकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पाठ्यक्रम विकास केन्द्रले प्रमाणित गरेको भिडियो ट्युटोरियल्स्, एनिमेटेड पाठ लगायत अन्य शैक्षिक सामग्रीहरु डाउनलोड गर्न सक्नेछन्।
ग्राहकले गुगल प्लेस्टारेबाट यो एप सजिलै डाउनलोड गर्न सक्नेछन् र आफ्नो एनसेलको नम्बरबाट यस एपमा दर्ता गरी चलाउन सक्नेछन्। यस एप मार्फत ग्राहकले आफ्नो आवश्यकता अनुसार यस सेवा भित्र रहेका कुनै पनि कक्षाका विद्यार्थीका लागि उपयुक्त योजना सुचारु गर्न सक्नेछन्।
मिदास ईक्लास सदस्यतामा आधारित सेवा हो। जसअन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा मासिक मध्य कुनै पनि सेवा योजना सुचारु गर्न सक्नेछन्। दैनिक योजना सुचारु गर्न ११ रुपैयाँ ९६ पैसा (कर सहित शुल्क १५ रुपैयाँ २६ पैसा) शुल्क रहेको छ।
त्यसैगरी साप्ताहिक योजनाको ५५ रुपैयाँ ८१ (कर सहित ७१ रुपैयाँ २६ पैसा) र मासिक योजनाको १९९ रुपैयाँ ३१ पैसा (कर सहित २५४ रुपैयाँ ५०) शुल्क तोकिएको छ।
एनसेलका ग्राहकले यो सेवा सुचारु गरेको दिन देखि एक हप्तासम्म निःशुल्क प्रयोग गर्न सक्नेछन्। एप डाउनलोड तथा एपमा रहेको शैक्षिक सामग्रीहरु प्रयोग तथा डाउनलोड गर्दा विद्यमान् डेटा शुल्क लाग्नेछ। एप मार्फत सेवा सुचारु गरेपछि ग्राहकले वाईफाई मार्फत पनि आवश्यक भिडियो कन्टेन्ट डाउनलोड गर्न सक्नेछन्।