भारतीय मोबाइल ब्राण्ड ‘टम्बो मोबाइल’ नेपाली बजारमा प्रवेश गरेको छ । कम्पनीले पहिलो चरणमा सीमित मोडलका स्मार्टफोन र फिचर फोनहरू बजारमा ल्याएको हो।
कम्पनीले हाल ६ मोडलका बार फोनहरू र टिए २ र टिए ३ गरी दुई मोडलका स्मार्ट फोन बजारमा ल्याउने तयारी गरेको छ । नेपाली बजारमा टम्बो ब्राण्डका आधिकारिक बिक्रेता टम्बो मोबाइल्सका प्रमुख कार्यकारी अधिकृत सुधिर कुमारले यस ब्राण्डका फिचर फोनहरू १ हजार रूपियाँ माथिबाट बजारमा उपलब्ध हुनुका साथै सबै मोडलका फोनहरूमा २ सय दिनसम्मको रिप्लेसमेन्ट वारेन्टि र ३ सय ६५ दिनको स्क्रिन रिप्लेसमेन्टको सुविधा रहेको जानकारी दिए ।
यस ब्राण्डका स्मार्ट फोनहरूमा रिकोग्निसन, फ्रिङ्गरप्रिन्ट सेन्सरलगाएतका फिचरहरू समावेश भएका छन् । यी फोनहरूमा फोरजी भिओएलटीई सपोर्ट हुनुका साथै वाईफाई, ब्लुटुथ, जीपीएस, हेडफोन ज्याकलगाएतका फिचर रहेका छन् । टम्बो मोबाइल आजैदेखि नेपालभरका रिटेलर तथा च्यालन पार्टनरबाट खरिद गर्न सकिने छ ।