नेपाल एयरलाइन्सले उडान गर्ने विभिन्न गन्तव्यमा यात्रा गर्दा टिकटको मूल्य आइएमइ पे को माध्यबाट तिर्न सकिने भएको छ। एयरलाइन्स र पे बीच भएको सम्झौताअनुसार छिट्टै यो व्यवस्था लागू हुने बताइएको छ।
‘आइएमई पे’ र नेपाल वायुसेवा निगमवीच हवाई टिकट खरिद गर्न सक्ने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा ‘आइएमई पे’ का तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र नेपाल वायुसेवा निगमका तर्फबाट महाप्रवन्धक सुगतरत्न कंसाकारले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार ‘आइएमई पे’ मा आवद्ध सेवाग्राहीहरूले ‘आइएमई पे’ को प्रयोग गरि नेपाल वायुसेवा निगमद्वारा संचालित विभिन्न गन्तव्यका लागि उडान भर्ने जहाजको टिकट निकट खरिद गर्न सक्ने छन।
तर नेपाल एयरलाइन्सले अनलाइन टिकेटिङ सिस्टम बनाइनसकेकोले यसको कार्यान्वयन हुने भने समय लाग्ने छ।