सामसङ इलेक्ट्रोनिक्सले जे सिरिजअन्तर्गत ग्यालेक्सी जे फोर स्मोर्टफोन नेपाली बजारमा ल्याएको छ। यो सिरिज सामसङको सबैभन्दा बढी बिक्री हुने रेन्ज हो।
१३ एमपी रियर क्यामराको साथ एफ १. ९ अपार्चर रहेको यसबाट कम उज्यालोको अवस्थामा पनि चुस्त एवं सफा फोटो खिच्न सकिने कम्पनीको दावी छ। २ जिबी प्लस १६ जिबीमा र ३ जिबी प्लस ३२ जिबी मेमोरीमा फोन उपलव्ध छ।
नेपाली मूल्य २ जिबीमा १७ हजार २९० रुपैयाँ तथा ३ जिबीमा २० हजार ६९० रुपैयाँ तोकिएको छ। आइएम विजका प्रमुख प्रणय रत्न स्थापितले ग्राहकको चाहना एवं आवश्यकतलाई मध्यनजर गरी कम्पनीले मोबाइल फोनको उत्पादन गर्दै आएको दावी गरे। ५.५ इन्चको एचडी सुपर एमोलेड डिस्प्लेयुक्त फोनमा एन्ड्रोइड ओरेओ ८.० अपरेटिङ्ग सिस्टम छ।
लोकेशनको आधारमा वाइफाई स्वतः अन वा अफ हुने फोनमा 1.4GHz Exynos processor छ। साथै यसमा ३ हजार एमएएच पावरको व्याट्री छ।
ग्राहकका लागि ४२०० एबिको डाटा बन्डलिङ्ग तथा प्रतिहप्ता ३५० एमबिका दरले १२ हप्ता सम्म एनसेलको डाटा प्याक पनि निःशुल्क दिइने कम्पनीले जनाएको छ।
Specification:
Size | 151.7 x 77.2 x 8.1 mm |
Display | 5.5” HD sAMOLED |
Chipset | Java(Quad 1.4GHz) |
Camera Rear | 13MP (F1.9) |
Camera Front | 5MP (F2.2) |
Memory | 2/16GB and 3/32GB |
Battery | 3,000mAh |