एनसेलले आफ्नो ‘पहिलो सिम’ योजनाअन्तर्गत २०७४ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भई उच्च शिक्षाको तयारीका लागि विभिन्न ६९ वटा ईन्स्टिच्युटमा ब्रिज कोर्ष गरिरहेका २५८ विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान गरेको छ।
एनसेलले गत वर्षको चैत महिनामा ‘पहिलो सिम’ योजना ल्याएको थियो। योजनाअन्तर्गत ब्रिज कोर्स कक्षा संचालन गरीरहेका विभिन्न ६९ इन्स्टिच्युटमा अध्ययनरत २५८ उत्कृष्ट विद्यार्थीलाई ५ हजार रुपैयाँ राशीको आंशिक छात्रवृत्ति प्रदान गरेको हो।
२०७४ सालमा एसईई परीक्षार्थीलाई लक्षित गर्दै ल्याइएको ‘पहिलो सिम’ योजनामा उत्कृष्ट विद्यार्थी छनौटका लागि एनसेलले ब्रिज कोर्ष संचालन गर्दै आएका विभिन्न इन्स्टिच्युटहरुसँग सहकार्य गरेको थियो।
यस अघि कम्पनीले २०७३ सालको एसईई परिक्षा दिई विभिन्न ४२ वटा ईन्स्टिच्युटमा तयारी कक्षामा अध्यनन गरेका १२६ जना विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान गरेको थियो। अहिले प्रदान गरिएको छात्रबृत्ति दोस्रो हो।
योजनामार्फत परीक्षार्थीले प्राप्त गर्ने सिमले उनीहरुको सञ्चार आवश्यकतालाई सम्बोधन गर्दै आफ्ना साथीभाई तथा परिवारजनसँग सहज सम्पर्कमा रहन मद्दत गर्ने कम्पनीको विश्वास छ।
गत बर्षको चैत्र १९ देखि असार १८ सम्म संचालनमा रहेको प्हिलो सिम योजनामा एनसेलले २०७४ सालका एसईई परीक्षार्थीका लागि मात्र १ रुपैयाँमा एनसेलको प्रिपेड सिमकार्ड, आईफ्लिक्स भिडियो स्ट्रिमिङ्ग सुविधा, ३० दिन सम्म निःशुल्क माइफाइभ सेवा, विशेष तथा सुलभ डेटा प्याक, हरेक रिचार्जमा बोनस डेटा, एसएमएस लगायतका आकर्षक अफर उपलब्ध गराएको थियो।