ओप्पोले आफ्ना फोनहरु अब यूकेमा लैजाने भएको छ।
यूकेस्थित बौद्धिक सम्पत्ति कार्यालय र यूरोपियन यूनियनको ईयूआईपीओमा गरी उसले ४० नयाँ स्मार्टफोनका नमुना दर्ता गरेको छ। यी स्मार्टफोन ओप्पो ए, ओप्पो एएक्स, ओप्पो एफएक्स, आप्ेपो आर, ओप्पो आरएक्स र ओपो यूएक्स गरी ६ भिन्न स्मार्टफोन समूह अन्तर्गतका हुन्।
ओप्पोले यूकेमा आफ्नो ब्राण्डिङ रणनीतिको निरन्तरतालाई ध्यानमा राखी फ्यूचर जेनेरेसनमा आधारित उपकरणहरु दर्ता गरेको हो। यूकेमा आफ्नो ट्रेडमार्क दर्ता गरे देखिनै त्यहाँ आफ्ना स्मार्टफोन सार्वजनिक गर्ने योजनाका बारेमा कम्पनीले घोषणा गरेको थियो।