नेपाली बजारमा नयाँ मोबाइल ब्राण्ड ‘टम्बो’ प्रवेश गर्ने भएको छ। भारतीय मोबाइल ब्राण्ड टम्बो नेपाली बजारमा आउन लागेको हो।
टम्बोले सन् २०१८ को अप्रिलदेखि भारतमा विभिन्न फोनहरु सार्वजनिक गरेको थियो। टम्बो मोबाइल शंकराचार्य मोबाइल प्रालिले आधिकारिक रुपमा आयात तथा बिक्री गर्नेछ। कम्पनीले पहिलो चरणमा सीमित मोडलका स्मार्टफोन र फीचर फोनहरु बजारमा ल्याउने तयारी गरेको छ।
कम्पनीले हाल ६ मोडलका बार फोनहरु र २ मोडलका स्मार्टफोनहरु ल्याउन लागेको हो। स्मार्टफोनमा टिए २ र टिए ३ नामका दुई फोन सार्वजनिक हुने कम्पनीले जनाएको छ। टम्बो ब्राण्डका फीचर फोनहरु १ हजार रुपैयाँ माथिबाट बजारमा उपलब्ध हुनेछ।
सबै मोडलका फोनहरुमा २०० दिनसम्मको रिप्लेसमेन्ट वारेन्टी र ३६५ दिनको स्क्रीन रिप्लेसमेन्ट दिइने टम्बोले जनाएको छ। टम्बोका नेपालमा उपलब्ध हुने सबै स्मार्टफोनहरुमा प्रिमियम स्मार्टफोनहरुमा हुने फेस रिकोग्निसन, फिंगरप्रिन्ट सेन्सरलगायतका फिचर राखिएका छन्।
यी फोनहरुमा फोरजी भिओएलटिई सपोर्ट छ भने वाईफाई, ब्लूटूथ, जीपीएस, हेडफोन ज्याकलगायतका फिचर छन्।