सेल्फी विशेष स्मार्टफोनका रुपमा परिचित ओप्पोले नयाँ क्यामेरा प्रविधि ल्याउने भएको छ। यसका लागि कम्पनीले कोरफोटोनिक्ससंग रणनीतिक लाइसेन्सिंग सम्झौतामा हस्ताक्षर गरेको छ । सम्झौता अनुसार ओप्पोले अब स्मार्टफोन क्यामेराका लागि कोरफोटोनिक्ससंग सहकार्य गर्नेछ ।
‘मोबाइल फोटोग्राफीलाई ओपोमा प्रमुख विषयका (फोकस)का रुपमा लिइन्छ । हामी कोरफोटोनिक्स जस्तै अग्रणी आपूर्तिकर्ताहरु संग बलियो सहकार्यका लागि सँधै अग्रसर रहन्छौँ’, ओपोका हार्डवेयर डिरेक्टर डा. किंगले भने , ‘कोरफोटोनिक्सका वाइड एंगल्ड सहितका डुअल क्यामेरा र टेलिफोटो लेन्सेस, पेरिस्कोप–स्टाइल निर्माण, अप्टिकल ईमेज स्टेबलाइजेसन र ईमेज फ्यूजन प्रविधिले मोबाइल फोटोग्राफीलाई डिजिटल क्यामेराको क्षमताको अझ नजिक पु¥याएको छ ।’
‘स्मार्टफोन ईमेजिङको क्षेत्रमा नवप्रबर्तनका लागि ओपोसंग अहिले सम्मकै प्रभावशाली रेकर्ड छ ।’, कोरफोटोनिक्सका प्रमुख कार्यकारी अधिकृत प्रा.डेभिड मेन्डलोभिकले भने, ‘ओपोसंग नयाँ पुस्ताका क्यामेरा प्रविधिका लागि नजिक भएर सहकार्य गर्न पाउँदा हामी निकै गौरवान्तिव छौँ । मोबाइल फोटोग्राफीमा हाम्रा क्यामेरा डिजाइन र ईमेजिङ अल्गोरिथमको फाइदाका लागि एक सटिक प्रमाणका रुपमा यो रणनीतिक साझेदारीलाई लिन सकिन्छ ।’
यो सहकार्यले उपभोक्ता माझ अत्याधुनिक नवप्रबर्तनात्मक क्यामेरा प्रविधि पस्कन ठूलो सहयोग हुने र यसबाट उपभोक्तालाई अझ उत्कृष्ट प्रयोग अनुभव पस्कन सहयोग मिल्नेमा विस्वस्त रहेको ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले बताए।