ओप्पोले फूटबलर नेयमारसँग सहकार्य गर्ने भएको छ। यस सहकार्यसँगै कन्टेष्ट अवधिभर नेयमारले ओप्पोको प्रमोशन गर्ने कम्पनीले जनाएको छ।
यस अघि पनि ओप्पोले आफ्नो एफसी बार्सिलोना एडिशनको प्रबद्र्धनका लागि नेयमारसँग सहकार्य गरेको थियो।
बर्षौको आरएण्ड डी पश्चात नेपालमा आर्टिफिसियल ईन्टेलिजेन्स २.० लाई सेल्फी फिचरका रुपमा भित्र्याउने ओप्पो नै पहिलो स्मार्टफोन ब्राण्ड हो।
यो प्रविधिले विश्व डाटाबेस मार्फत २ सय ९६ फेसियल टच प्वाइन्ट्सको माध्यमबाट अनुहारको आकार तथा विशेषताको पहिचान गर्ने क्षमता राख्छ। यसको विकासका लागि आरएण्डडी प्रक्रियाका दौरान कम्पनीले ब्यवसायिक फोटोग्राफर तथा मेक–अप आर्टिस्ट्सहरुसँग परामर्श गर्दै सुझाव लिएको थियो।
फलस्वरुप एआई प्रविधिमा सेल्फीलाई थप प्राकृतिक र वास्तविक देखाउने तथा ब्यवसायिकले खिचेको जस्तो नतिजा प्रस्तुत हुन्छ। त्रुटीरहित सेल्फीका लागि उपभोक्ता समक्ष २५ मेगापिक्सेल क्षताको फ्रण्ट क्यामेरा सहित ओप्पोले एफसेवेन सार्वजनिक गरिसकेको छ। यसलाई ओक्टा कोर ६४–बीट मिडियाटेक हेलियो पी६० प्रोसेसरले शक्ति प्रदान गरेको छ।