सरकारले देशभरका विद्यालयलाई सुचना प्रविधियुक्त बनाउने योजना अगाडि सारेको छ। अवको केही समयभित्रै सबै विद्यालयमा सुचना प्रविधिको पहुँच विस्तार गर्ने नीति लिएको सरकारले चालु आर्थिक वर्षभित्र पाइलट प्राजेक्टको रुपमा १५ सय विद्यालयलाई सुचना प्रविधियुक्त बनाउने तयारी सुरु गरेको छ।
देशभरबाट छनौट गरेर परीक्षणको रुपमा १५ विद्यालयमा कम्प्युटर, इन्टरनेट, तथा कन्टेन्ट विकास गर्न सुचना तथा संचार मन्त्रालयले दुरसंचार प्राधिकरणसँग मिलेर अगाडि बढाउन लागेको प्राधिकरणका अध्यक्ष दिगम्बर झाले जानकारी दिए।
सुचना प्रविधि साक्षरता बढाउन विद्यालय तहदेखि नै काम गर्नुपर्ने भएकोले पहिलोचरणमा परीक्षणका रुपमा कार्यान्वयन गर्न विद्यालयको छनौटको काम भइरहेको उनले जानकारी दिए।
पछाडि परेका क्षेत्र, वर्ग समुदायलाय प्राथमिकता दिएर विद्यालय छनौटको काम भइरहेको उनको भनाइ छ।