कम्प्युटर एसोसिएसन अफ नेपाल(क्यान महासंघ)को आयोजनामा राजधानीमा ‘सुबिसु क्यान आइसिटी सम्मेलन २०१८’ सुरु भएको छ ।
स्मार्ट सोसाइटीका लागि दिगो विकास लक्ष्य नाम दिइएको सम्मेलनको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले गरे ।
भोलिसम्म चल्नृ उक्त सम्मेलनमा पूर्वाधार, डिजिटल इकोनोमी, सुरक्षा र सेवातर्फ सूचना प्रविधिको प्रयोगको स्थिति, उपलब्धि र भावी योजनाका कार्यपत्र प्रस्तुत गर्नेछन्।
सम्मेलनमा भिडियो सन्देशमार्फत् सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले सरकारी संयन्त्रलाई सुचनाप्रविधि मैत्री बनाउने योजनाममा सरकार रहेको र त्यसका लागि निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताए।
‘हामीले सबैसरकारी कर्मचारीको अगाडि ल्यापटप हुनेछन् भन्दा धेरैले पत्याएका छैनन् तर हामी गरेरै देखाउछौं’ उनले सम्बोधनमा भने,‘मैले आजभोलि दिउसै सपना देख्ने गरेको छु स्मार्ट नेपाल बनेको र हामी बनाएरै छाड्छौं।’
कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले दिगो विकासका लक्ष्यमा सूचना प्रविधिको प्रयोगतर्फ सरकारका तर्फबाट अहिलेसम्म भइरहेका प्रयास र सरकारले हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लिखित सूचना प्रविधिको प्रयोग र विस्तारसम्बन्धी विषयहरु कार्यान्वयन गर्नका लागि आगामी दिनमा चाल्ने कदमसहितको विस्तृत जानकारी दिनेछन् भने चीन, भारत, मलेसिया, सिंगापुर, श्रीलंका, बंगलादेश र दक्षिण कोरिया तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम ९यूएनडीपी०का विषयगत विशेषज्ञहरुले पनि कार्यपत्र प्रस्तुत गर्नेछन् ।