फुटबलको कुम्भ मेला विश्व कप फुटबलको अवसर पारेर मोबाइल एप रिचार्जरले मोबाइल किन्दा टिभी सित्तैमा दिने अफर ल्याएको छ । विश्वकप फुटबलको समयमा टिभी तथा मोबाइल किन्ने सोच बनाएकाहरुलाई लक्षित गर्दै रिचार्जरले यस्तो अफर ल्याएको हो ।
‘मोबाइल किन्दा टिभि सित्तैंमा’ अफर विश्वकप फुटबल सुरु हुने दिन बिहीबारदेखि सुरु हुनेछ । रिचार्जर को वेबसाइटमा नभई मोबाइल एपमा मात्र अफर लागू हुने रिचार्जरका प्रमुख कार्यकरी अधिकृत निराजन सिंहले बताए ।
गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउण्ट खोले पछि प्रयोगकर्ताले १०० रुपैंया क्यास व्याक पाउने छन् । ‘त्यस पछि जतिको मोबाइल रिचार्ज गर्नु हुन्छ, त्यत्ति नै क्यास व्याक हुने छ। यसरी प्राप्त हुने क्यास व्याकलाई रिचार्जर बाट सामान खरिद गर्दा प्रयोग गर्न सकिन्छ ।’ सिंहले बताए ।
सिंहका अनुसार रिचार्जरबाट साओमीको एमआई मिक्स, एमआई एम फाईभ एक प्लस तथा जेटीईको एक्सन इलाइट मोडलका मोबाइल किन्नेहरुले १९ इञ्चको टेक्नोजको एलईडी टिभि पाउने छन् । त्यसै गरी जेटीईको एक्सन मिनी, एचटीसीको डी ७२८ र ६२६ जी प्लस मोडलका मोबाइल खरिद गर्नेले टेक्नोजको १५.६ इञ्चको एलईडी टिभि पाउने छन् । अफर बिहीबारदेखि सुरु हुनेछ ।