फेसबुकले थप तीन नयाँ फिचर्स सार्वजनिक गरेको छ। फेसबुकले क्लाउड स्टोरेज, भ्वाइस पोष्ट, स्टोरी आर्काइभ फिचर्स ल्याएको हो।
यी नयाँ फिचर्समार्फत प्रयोगकर्ताले फेसबुक क्लाउडमा फोटो र भिडियो सेभ गर्न सक्नेछन्। यसरी सेभ भएका फोटो र भिडियोलाई प्रयोगकर्ताले आफूले चाहेको बेला हेर्न सक्नेछन्।
फेसबुकले ल्याएको अर्को फिचरमा भ्वाइस (अडियो) पोष्ट गर्न सकिनेछ। हाल फेसबुकमा भिडियो, फोटो तथा लिखित स्टाटस मात्र पोष्ट गर्न मिल्छ। यस फिचर्सले भने प्रयोगकर्तालाई बोलेर कुनै कुरा पोष्ट गर्ने सुविधा दिने कम्पनीले जनाएको छ।
यी दुई बाहेक प्रयोगकर्ताले सेयर गर्ने ‘स्टोरी’ लाई अर्काइभ गर्न मिल्ने सुविधा फेसबुकले सार्वजनिक गरेको छ।
यी तीन नयाँ फिचर्स हाललाई भारतीय प्रयोगकर्तामाझ उपलब्ध छ भने निकट भविष्यमै यसलाई अन्य देशका प्रयोगकर्ताले समेत प्रयोग गर्न पाउने फेसबुकले जनाएको छ।