हुवावेले नेपाली ग्राहकहरूलाई लक्षित गर्दै नोभा टु आईको मूल्य घटाएको छ।
यो नेपाली बजारमा भित्रिएको पहिलो चार क्यामरा भएको स्मार्टफोन हो। कम्पनीका अनुसार पहिले ३३ हजार ९०० पर्ने यो फोन अब३० हजार ९०० मा किन्न सकिन्छ।
कम्पनीले नयाँ उत्पादन नोभा थ्री ई ल्याएपछि टुआईको मूल्य घटाएको हो। फोनका विशेषतामा भने कुनै परिवर्तन नगरिएको कम्पनीले जनाएको छ। ५.९ इन्चको डिस्प्ले, ४ जिबी र्याम, किरिन ६५९ प्रोसेसर यसमा छ। ३३४० एमएएच पावरको व्याट्री, फिंगर सेन्सर, इन्ड्रोइड ७.० अपरेटिङ सिस्टम यसका थप विशेषता हुन्।
दुई सेल्फी क्यामेराहरु १३ एमपी र २ एमपीका छन् भने पछाडिका दुई क्यामेरा १६ एमपी र २ एमपीका छन्।
यिनै विशेषता भएको फोन नेपाली बजारमा यही मूल्यमा कम्पनीको दावी छ। यी फोन गाढा नीलो, खैरो काला र हल्का सुनौलो रङहरूमा उपलब्ध छन्।