ओप्पोले थ्रीडी स्ट्रक्चर्ड लाइट प्रविधिको प्रयोग गरी पहिलो फाइभजी भिडियो कल डेमोको सफल परीक्षण गरेको छ।
रिमोर्ट रिसिभरमा ओप्पोको एक फोनमा निहित स्ट्रक्चर्ड लाइट थ्रीडी क्यामेरा र क्वालकम प्रविधिद्वारा विकसित फाइभजी एनआर टर्मिनल प्राटोटाइप मार्फत थ्रीडी पोट्रेट छवि प्रकाशित गरिएको हो।
ओपोद्वारा आयोजना गरिएको थ्रीडी स्ट्रक्चर्ड लाइट प्रविधि मार्फत ५जी भिडियो कल परीक्षणका लागि स्ट्रक्चर्ड लाइट क्यामेरासहितको कस्टमाइज्ड ओपो आर११एसको प्रयोग गरिएको थियो।
परीक्षण मार्फत आरजीबी र फोनको स्ट्रक्चर्ड लाइट क्यामेराको प्रयोगद्वारा लक्षित विषयको रंग र थ्रीडी डेफ्ट ईन्फरमेसन संकलन गरिएको थियो।
यसरी संकलित सूचना, फाइभजी वातावरणमा ट्रान्समिट गरी अन्त्यमा लक्षित विषयलाई रिमोट डिस्प्ले स्क्रिनमा प्रस्तुत गरिएको थियो।
ईएमबीबीको मानक स्थापना तथा म्याच्योरिटीसँगै ओप्पोले ईमेजिङ तथा सेन्सर प्रविधिसँग फाइभजी नेटवर्क समाहित गर्नेछ। यसको माध्यमबाट युबेकुटस रियालिटी, भर्चुअल रियालिटी, अगुमेन्टेड रियालिटी जोइन्ट रियालिटी लगायतमा प्रयोग सार्थकता अध्ययन गर्ने कम्पनीको योजना रहेको छ।