कलर्सले ल्यायो सस्तो स्मार्टफोन ‘एस १’


कलर्स मोबाइल नेपालले ‘एस १’ मोडलको स्मार्टफोन बजारमा ल्याएको छ। सार्वजनिक गरिएको फोनको मूल्य ९ हजार ९९५ रुपैयाँ तोकिएको छ।

फोनमा २.५डी कभ्र्ड ग्लाससहितको ५ इन्चको डिस्प्ले छ। ८ जीबी इन्टरनल स्टोरेज क्षमताको यसमा १ जीबीको र्याम छ।

एन्ड्रोइड नोगट ७.० अपेरेटिङ सिस्टम भएको यसमा १.३ गिगाहर्जको क्वाडकोर प्रासेसर समावेश गरिएको छ। यसको पछाडिको क्यामेरा ८ मेगापिक्सेलको छ भने सेल्फी क्यामेरा ५ मेगापिक्सेलको छ।

फोन कालो र सुनौलो गरी दुई रङ्गमा उपलब्ध छ। २ हजार ४ सय एमएएच क्षमताको ब्याट्री फोनमा फिंगरप्रिन्ट सेन्सर समेत दिइएको छ।

फोनको खरिदमा प्रति हप्ता एक सयको दरले १२ हप्तासम्म एनसेल डाटा तथा ‘ग्लास’ र कभर निशूल्क प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.