जाडोका लुगा अहिलै नै किन्नु बुद्धिमानी


गत वर्षको पुसमा मैले एउटा ज्याकेट ३ हजार रुपैयाँ हालेर किनेको थिएँ। सो ज्याकेटको मूल्य त्यसबेला राजधानीका प्राय जसो पसलमा सोही दाममा किनबेच हुने गरेको मैले देखेको थिएँ।

तर हिजो तिहारका लागि केही लुगा किन्ने उद्देश्यले ललितपुरको कुमारीपाटीस्थित एउटा पसलमा पुग्दा गत वर्ष किनेको जस्तै ज्याकेट पनि सेलमा राखिएको थियो।

मैले त्यहाँको पसलेलाई सो ज्याकेटको मूल्य सोध्दा एक हजार पाँच सय रुपैयाँ पर्ने उनले बताए। मैले जाडोमा किन यही ज्याकेटको मूल्य ३ हजार र अहिले भने एक हजार पाँच सय मात्र भनेर सोध्दा उनले अफ सिजनमा यस्ता कपडाको भाउ कम हुने बताए।

साथै उनले व्यवसायीहरुले आफूले आयात गर्ने स्थानबाट कम मूल्यमा अफ सिजनको सामान ल्याउने र स्टकमा राखेर सो कपडाको सिजन आएपछि त्यसैलाई दोब्बर मूल्यमा बेच्ने गरेको समेत बताए।

त्यस्तै उनले स्टकमा खाली गर्न यस्ता कपडा सिजन सकिनै लागेपछि समेत विक्री गरिने भएकाले सो समयमा खरिद गरेर सिजनमा प्रयोग गर्ने हो भने आधा भन्दा बढी पैसाको बचत गर्न सकिने भनेर मलाई सुझाव समेत दिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.