चाडबाडका बेला भन्दा अन्य बेला कपडा सस्तो पाइँदो रहेछ


म दसैँको बेलामा इटहरीस्थित एउटा फेन्सी पसलमा पाइन्ट किन्न गएको थिएँ। त्यहाँ मलाई एउटा पाइन्ट साह्रै मनपर्यो।

त्यसको मूल्य सोधेको २७ सय भन्यो र २५ सय भन्दा घट्नै मानेन। त्यसपछि म त्यो पाइन्ट नकिनी फर्किए। पछि दसैँ सकिए लगत्तै म त्यही फेन्सीमा गए, त्यो पाइन्ट बाँकी नै रहेछ।

मैले फेरि त्यो पाइन्टको मूल्य सोधेको सुरुमै २२ सय भन्यो र अन्तिममा २ हजारमा दियो। ब्यापारीहरुले चाडबाडमा धेरै नाफा खान खोज्दा रहेछन् । त्यो बेलाबाट मलाई चाडबाडमा कपडा नकिनेकै बेस जस्तो लाग्यो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.