मासुको मूल्य घटाएको समाचारको लागि मात्र हो ?


केही दिन अगाडि मासु बिक्री बितरण संघले कुखुराको मासुको मूल्यमा ४५ रुपैयाँ घटेको सूचना प्रकाशित गर्यो।

धेरै मिडियाहरुमा समाचार पनि आयो तर भोलिपल्ट म मासु किन्न जाँदा पसलेले मासुको मूल्यमा भने भनेजति घटाएन।

संघले सार्वजनिक गरेको सूचनामा ब्रोइल कुखुराको मूल्य प्रतिकेजी २५५ रुपैयाँ मात्रै तोकेको छ। तर पसलेले मलाई २८० रुपैयाँकै दरले लियो। मैले पसलेलाई संघले यस्तो निर्णय गरेको छ नी भनेर सोध्दा आफुलाई यस बारेमा कुनै जानकारी नभएको भनेर जवाफ दिए।

उसलाई साच्चिकै थाहा नभएको हो या उसले सस्तोमा दिन नखोजेको हो। जे भएपनि हामी उपभोक्ता त मारमा पर्यौँ नि। संघले भनेको मूल्यमा हामीले किन किन्न नपाउने ? कि संघले आश्वासन मात्रै दिएको हो ?

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.