तरकारीको मूल्य बढ्दा भान्सा महँगियो


बजारमा तरकारी ज्यादै महँगो भयो। यसरी तरकारी महँगो हुनुमा व्यापारीले तराईमा आएको बाढीको कारण बताउँछन्। केही साताअघिसम्म ५० रुपैयाँमा पाइने टमाटरलाई अहिले ९० रुपैयाँ तिर्नुपर्छ। ५० मै पाइने बोडीको अहिले ८० रुपैयाँ छ। सबै तरकारी महँगो भएको छ।

पाल्पा जिल्लाकै किसानले तरकारी बुटवल लगायत अन्य तराईका क्षेत्रमा सस्तोमा बेच्छन्। तर तराईबाटै आउने भारतीय तरकारी झन् महँगो भएर आउँछ। एक त उताबाट आउनेभन्दा यहीको तरकारी स्वादिलो हुन्छ, अर्को कुरा झन् महँगो तिर्नुपरेको छ।

तरकारी महँगिदा भान्सा नै महँगिन गएको छ। म एउटा जागिरे मान्छेलाई त महँगो तरकारी किनेर परिवार पाल्न गाह्रो छ भने पढ्न बसेका विद्यार्थी, गृहिणीहरुलाई त झनै मुश्किल छ।

तस्वीर: विष्णुप्रसाद खनालबाट

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.