अर्को ब्राण्डको ग्यास साट्दा ३ सय थप्नुपर्ने किन ?


केही साताअघि मैले आफूसँग भएको बाबा ग्यासको सिलिण्डरसँग अर्को त्रिशुल ग्यास साट्नुपर्यो। नजिकै किराना पसलमा बाबा ग्यास उपलव्ध नभएकाले मैले अर्को ग्यास साट्नुपर्यो।

त्यतिबेला व्यापारीले १३ सय ५० रुपैयाँमा दिनुपर्ने ग्यासमा तीन सय रुपैयाँ थप्नुपर्छ भन्यो। सधैं टाडाबाट ल्याइरहनुभन्दा नजिकै पाइने भएकाले तीन सय रुपैयाँ तिरेँ। तर अर्को ग्यास साट्दा तीन सय तिर्नुपर्ने भनेको त एक प्रकारको ठगी नै होइन र ?

आखिर सिलिण्डर त उही हो। पानीको जारसँग जुनसुकै जार साट्दा पनि पैसा त थप्नु पर्दैन। त्यसैगरी ग्यासमा पनि जुनसुकै ब्राण्डसँग जुनसुकै साट्न पाइने व्यवस्था गर्नुपर्यो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.