मन्दिरको अगाडि किन ठगी हुन्छ?


म प्राय मन्दिर जाने गर्छु। भगवानको पुजाको लागि भन्दै मन्दिर जाँदा फुल तथा पुजा सामग्री बिक्री गर्नेहरुले ठग्ने गरेको पाएकी छु। दक्षिणकालीदेखि पशुपतिसम्म जहाँपनि मन्दिरको गेटमै रहेका त्यस्ता पसलेले सानो टोकरीमा राखिएका सामग्रीको मूल्य धेरै रोखेका हुन्छन्। हामी थाहा पाएकाहरुले त घरबाटै पुजा सामान लिन्छौं आजभोली तर पहिलोपटक मन्दिर जानेहरु भने धेरै ठगिएको पाएकी छु। म पनि पहिलेपहिले यस्तै ठाउँमा धेरै ठगिएको छु। तर त्यहाँ ठग्नकै लागि राखिएको त होइन?

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.