फलफूल वा तरकारी किन्दा तराजु ध्यान दिएर नियाल्ने गर्नुपर्दो रहेछ


तरकारी वा फलफूल किन्दा ढक, तराजु तथा काँटा ध्यान दिएर नियाल्ने गर्नुपर्दो रहेछ अन्यथा व्यापारीले ठग्दा रहेछन्।

म गत सोमबार साँझ लगनखेलमा दुई केजी आँप किन्न भनेर बसपार्कमा बसेका फलफूल व्यापारीहरुकोमा पुगे। उनीहरुले ग्राहकलाई बोलाइरहेका थिए ‘सस्तोमा लैजानुहोस् गुलिया आँप’ भन्दै। मैले दुई केजी आँप किन्न खोजेँ।

उनले तराजुको एकातिर दुई वटा ढक राखे भने अर्को तिर केही दाना आँप। तर उनले काँटाको बीच भागमा आफ्नो दुई वटा औँला राखे। यो देखेर मलाई कतै उनले तराजुको काँटालाई नियन्त्रण त गरिरहेका पो छन् कि भन्ने शंका लाग्यो तर केही नबोली घरतिर लागे।

घर पुगेपछि छेउको एक पसलमा त्यो आँपको तौलमा नाप्दा दुई केजीमा एक पाउ कम देखियो।

तर भोलिपल्ट त्यसै स्थानमा सो व्यापरीलाई खोज्दा उनी देखिएनन्। व्यापारीको ठग्ने अनेक जुक्ती लगाउँदा रहेछन्।

त्यसैले तपाईं पनि तरकारी वा फलफूल किन्दा ढक, तराजु तथा काँटा राम्रोसँग नियाल्नु होला नत्र म जस्तै ठगिन सक्नु हुन्छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.