होलसेल मूल्यमा दिँदा पनि ग्राहकले बार्गेनिङ गर्छन्


मेरो महाबौद्ध प्रधान अर्किडको तेस्रो तल्लामा पंचकन्या माई ट्रेडर्स नामको इलेक्ट्रोनिक होलसेल पसल छ। सामान्यतया हामीले खुजुरा सामान बेच्दैनौ र तेस्रो तल्लामा पसल भएको कारण खुजुरा सामान किन्ने ग्राहक हामी कहाँ कमै आइपुग्छन्। कोही आएर सामान मनपराएर १÷२ पिस किन्छु भन्यो भने नाई पनि भन्न सकिँदैन। पिस मात्र सामान लानेलाई पनि म होलसेलकै भाँउमा दिन्छु। तर ग्रहकहरुले त्यसमा पनि बार्गेनिङ गर्न खोज्छन्। अरु खुद्रा पसलमा बार्गेनिङ रेट राखेको हुन्छ तर होलसेल सामानको रेट बिगार्न पनि भएन। त्यो बेलामा ग्राहकलाई बुझाउन गाह्रो पर्छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.