सामान साट्न परेमा व्यापारीहरुले नराम्रोसँग ठग्छन्


मैले केही समय अगाडि सुन्धारा मार्केटबाट १ हजार ८ सयमा एउटा पाइन्ट किनेको थिएँ। त्यहाँ ट्रायल रुम नभएको कारणले मैले घर आएर लगाएँ र टेस्ट गरेँ। त्यो पाइन्ट मलाई अलि असहज भयो। त्यसकारण म त्यो पाइन्ट साट्न गएँ।

अर्को पाइन्ट लिँदा मलाई पैसा थप्न त भनेन तर पैसा फिर्ता पनि दिएन तर पछि लिएको पाइन्ट पहिलेको भन्दा कम गुणस्तरको थियो। यदी उस्तै गुणस्तरको पाइन्ट लिने हो भने व्यापारीले पैसा थप्न भन्छन्।

यो त सरासर पसलेहरुको लुट होनी। यस्तो समस्या ग्राहकहरुले सधै जसो भोग्ने समस्या हो। सरोकारवाला निकायको कहिले ध्यान जाने?

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.