रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ

रात छिप्पेसँगै बजारमा तरकारी सस्तिँदो रहेछ


म अध्ययनको शिलशिलामा काठमाडौँको घट्टेकुलोमा बस्छु। काठमाडौंमा तरकारी तथा फलफूलको भाउ तुलनात्मक रुपमा महँगो छ। अझ बेलुकी ५ बजेतिर जाँदा त ब्यापारीहरुले भाउ घटाउनै मान्दैनन्। तर राति जब ग्राहकको चाप घट्दै जान्छ ब्यापारीहरुले पनि आफ्नो तरकारीको भाउ घटाउँदै लैजाँदा रहेछन्।
गत सोमबार घट्टेकुलो चोकमा म ६ बजेतिर जाँदा बन्दाको मूल्य प्रतिकेजी ६० रुपैयाँ भनेर व्यापारीले भन्यो। त्यतिबेला घटाउन मानेन। त्यहाँ कसैले पनि ६० रुपैयाँभन्दा तल दिएनन्। राति ८ बजेतिर भाइलाई पुनः त्यहाँ पठाएँ र उसले प्रतिकेजी ४५ रुपैयाँमै बन्दा ल्याएछ।
पसल बन्द गर्ने बेलामा सागको भाउ त झन् आदीनै हुन्छ। भोलिसम्म ओइलाउँछ भनेर होला। त्यस कारण म तरकारी किन्न बेलुकी साढे ८ बजे तिर मात्र जान्छु। हामी जस्ता विद्यर्थीलाई अलिकति पैसा जोगिनु भने पनि ठूलै कुरा हो।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.