महंगो फूल मेला


मातातिर्थ औंसीको दिन पुष्प मेला लागेको थाहा पाएर साथी र म भृकुटिमण्डप गयौं।

आमालाई घर सजाउन उपहार दिन ८ प्रकारका इनडोर र आउटडोर विरुवा किनें।

त्यसमा हाइब्रिड गुलाब, स्पाइडर प्लान्ट, खुर्सानी तथा आउटडोर विरुवाहरुलाई ५ सय रुपैयाँ तिरेर ल्याएँ।

मेलामा सस्तै पाइएको सोंचेर घर पुगेको मैले गाली खाएँ। २–३ सय रुपैयाँमा पाइने फुललाई ५ सय तिरेको भनेर आमाले गालि गर्नुभयो।

पुष्प मेलाले बाहिरको भन्दा बढि पैसा लिएर मलाई आमाको मुख हेर्ने दिनमा पनि गालि खुवायो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.