अरु बेला ६० पर्ने गुलाबको फूल भ्यालेन्टाइन डे आउँदा १५० रुपैयाँ !


रातो गुलाब प्रेमको प्रतिकका रुपमा लिइन्छ। त्यसैले दुई प्रेमी बीच गुलाब साटासाटसँगै प्रेम प्रस्ताव गर्ने चलन छ।

तर प्रेम साटासाट गर्न पे्रमी नै हुनुपर्छ भन्ने छैन। धेरै जनाले परिवारका सदस्य, साथीभाई माझ पनि रातो गुलाब दिने गर्छन्। म आफैले पनि मिल्ने साथी, नजिकका आफन्तको जन्मदिन वा लामो समयपछि भेट हुनेलाई रातो गुलाब दिने गरेको छु।

हुनत विभिन्न रंगको गुलाबले भिन्न भिन्न कुरा जनाउँछन्। तर रातो गुलाबले प्रेम जनाउने र सबै सम्बन्धमा प्रेम रहने भएकाले मेरो प्राथमिकतामा रातो गुलाब नै पर्छ।

यसै अवसरमा फूल किन्न जाँदा गत असोजमा एउटा स्टिक गुलाबको मूल्य ६० रुपैयाँ थियो। तर अहिले भने बजारमा गुलाबको मूल्य १६० पुगेको रहेछ।

अरु बेला भन्दा अहिले गुलाबको मूल्य किन दोब्बर भएको हो? व्यापारीले धेरै विक्री हुने भएर फाइदा पो बढी राखेका हुन् कि यति बेला ?

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.