‘जुत्ता तथा चप्पल मेलाले उत्साहित बनाएको छ’


मिलानो ब्राण्डको स्थापना भएको करिब एक वर्ष भयो। यस अवधिमा हामीले राष्ट्रिय जुत्ता, चप्पल तथा छालाजन्य वस्तुको प्रदर्शनीमा पहिलो पटक स्टल राख्यौँ।

जुत्ता उत्पादक संघले नै आयोजना गरेको मेलामा गुणस्तरीय सामान छुटसहित किन्न पाइने हुनाले धेरै उपभोक्ताको आकर्षण हुने रहेछ।

आधिकारिक उत्पादक आफैले आयोजना गर्ने भएकाले गुणस्तरीय वस्तु पाइन्छ भन्ने आम मानिसमा बुझाई रहेको मैले महसुस गरेँ।

प्रदर्शनीमा मानिसको व्यापक सहभागिता थियो। हाम्रो स्टलबाट मात्रै दैनिक ५ सय जोर जुत्ता तथा चप्पल विक्री भए। यसले हामीलाई निकै उत्साहित बनाएको छ।

यस किसिमका प्रदर्शनी तथा मेलाले स्वदेशी वस्तुलाई उपभोक्ताले नजिकबाट चिन्ने अवसर दिएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.