सेलमा कपडा छान्न जाने फाइदा नै हुन्छ


सेलमा कपडा सस्तो पाइन्छन्। ब्यापारीहरुले विभिन्न समयमा सेल लगाइरहेको हामी देख्न सक्छौँ। सामान्यतया सेलमा राखेको कपडा राम्रो हुँदैन भन्ने मानसिकता रहिआएको छ। त्यो केही हदसम्म सत्य पनि हो।

सेलमा स्टक सामान हटाउन र फेसन आउट भएको कपडा राखिन्छ। हामीले सेलमा राखेको कपडा छान्दा फेसन त हेर्छौँ नै त्यो बाहेक रङ्ग गएको छ कि छैन, कतै उध्रिएको छ कि आदी हेरेर किन्यौँ भने सेलमा राखेको कपडा किन्दा निकै लाभदायी हुन सक्छ।

त्यसैले सेलमा कपडा छान्न जाने फाईदा हुन्छ भन्ने मेरो विचार हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.