तरकारीको मूल्य सुनेरै आत्तिन्छु


पछिल्ला केही दिनदेखी तरकारीको मूल्य अत्याधिक बढिरहेको छ। एक सय रुपैयाँ किलो भन्दा कममा केही आउँदैन। ५ सय रुपैयाँको तरकारीले ३ छाक पुग्न गाह्रो छ। महंगी यस्तो बढीरहे हामी जस्तो सिमित कमाई भएकाहरुले परिवार कसरी पाल्ने? आजभोली तरकारीको मूल्य सुनेरै आत्तिन्छु। उत्पादनमा साँच्चै कमी आएको हो की बिचौलियाहरुले चुनाबको मुखमा कृत्तिम अभाव सिर्जना गरेका हुन्। सम्बन्धित निकायको ध्यान जानपर्यो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.