सपिङ जाँदा भिसा कार्ड प्रयोग गर्न थालेको छु


सामान किन्न जाँदा पैसा बोकेर हिँड्ने त हाम्रो परम्परा जस्तै हो। आजकाल भने ठूला ठूला सपिङ कम्प्लेक्स र मार्टहरुले स्वायप मेसिन राखेका छन्।

त्यस्तो ठाउँमा जाँदा म भिसा कार्ड नै प्रयोग गर्छु। यसो गर्नाले धेरै पैसा बोकेर हिँड्नु पर्ने झण्झट हुँदैन र पैसा हराउने डर पनि हुँदैन।

कुनै–कुनै ठाउँमा त भिसा कार्ड मार्फत पैसा भुक्तानी गर्दा केही प्रतिशत छुट पनि हुन्छ। त्यसैले अजकल म मिल्ने सबै ठाउँमा भिसा कार्ड नै प्रयोग गर्छु।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.