कपाल उमारी दिन्छौँ भन्ने अधिकांश विज्ञापन झुठा


मेरो पहिलेदेखि नै कपाल झर्ने समस्या थियो। संचार माध्यममा कपाल झार्न रोक्ने र कपाल पलाउने धेरै उत्पादनहरुको विज्ञापन देखेँ। तेलदेखि स्यापोसम्म धेरै चिज प्रयोग पनि गरेँ।

पैसाको हिसाव किताव राखिएन, धेरै खर्च भयो। न कपाल उम्रियो न त कपाल झर्न रोकियो।

मैले खर्च गरेको पैसा बालुवामा पानी हालेको बराबर भयो। यस्ता झुठा अफवाह फैलाएर आफ्नो उत्पादन बेच्नेहरु नेपालमा धेरै छन्। यस्ता झुट विज्ञापन दिनेलाई सम्बन्धित निकायको कारबाही हुँदैन?

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.