बुधबार बिहान जडिबुटीमा टिपरको ठक्करबाट मृत्यु भएकी महिलाको सनाखत भएको छ।
महानगरीय ट्राफिकका अनुसार मृत्यु हुनेमा रौतहट गौर घर भइ हाल काभ्रे बनेपा बस्ने २४ वर्षीया अस्मिता भण्डारी रहेकी छन्।
जडिबुटी चोकस्थित आकाशे पुलमुनि भक्तपुरबाट काठमाडौं आउँदै गरेको बा४ख ३५५८ नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको बा७०प ९३९९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। स्कुटरमा सवार भण्डारी घाइते भएपछस उपचारनिम्ति बि एण्ड बि लगिए पनि उपचार क्रममै उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा संलग्न दुवै सवारी साधनहरूसहित चालक प्रहरी प्रभाग कोटेश्वरको नियन्त्रणमा छन्।
यो पनि हेर्नुहोस् :
जडीबुटीमा टिपरले ठक्कर दिँदा महिलाको मृत्यु,सडक अवरुद्ध