बृहत इन्भेष्टमेन्टस् (बिआई) ले आयोजना गरेको १८औं ब्याचको रियलस्टेट मार्केटिङ एजेन्ट (रिमा) तालिम सम्पन्न भएको छ।
घर–जग्गा कारोबारलाई मर्यादित बनाउने उद्देश्यले कम्पनीले १२ वर्ष अघिदेखि यस्तो तालिमको आयोजना गर्दै आएको छ।
तालिममा घर निर्माण, सिभिल इन्जिनियरिङ तथा आर्किटेक्चर, भवन संहिता, रियलस्टेट कानुन र यसको अभ्यास, आवास कर्जा तथा बीमा, सम्पत्ती मुल्यांकन, रियलस्टेट मार्केटिङ तथा सेल्स टुल्स एण्ड टेक्निक लगायतका विषयहरू समेटेको थियो।
गत बिहीबारदेखि शनिबारसम्म दिइएको तीनदिने तालिममा रियलस्टेट एजेन्ट र व्यवसायिक प्रतिष्ठानका गरी १२ जनाको सहभागिता थियो।
रियलस्टेट विज्ञ ओम राजभण्डारीका साथै पुर्णिमा राजभण्डारी, आ.रस्मी तुलाधर, ई.बिनोद महर्जन, सुजन श्रेष्ठ, अमित कुमार पुडासैनी र सजन बार सिं थापाले तालिम दिएका थिए।
तालिमले रियलस्टेट क्षेत्रमा भविष्य बनाउनका लागि नयाँ आयाम सृजना गर्ने कम्पनीको विश्वास छ।
उक्त तालिम रियलस्टेटबारे आधारभूत ज्ञान पाउनका साथै यस क्षेत्रमा भविष्य अघि बढाउन सहयोगी बन्ने सहभागीहरूले बताए।
बृहत इन्भेष्टमेन्टस् रियलस्टेट क्षेत्रमा नेपालको प्रतिष्ठित व्यावसायिक समूह ‘बृहत ग्रूप’अन्तर्गतको कम्पनी हो।