सगरमाथा प्रिकास्ट प्रालीले ४ ओटा ड्राई मिक्स मोटार प्रोडकक्ट नेपाली बजारमा ल्याएको छ।
त्रिवेणी ग्रुपको कर्पोरेट छाया अन्तरगर्तको सगरमाथा प्रिकास्टले नेपालमै पहिलो पटक ड्राई मिक्स मोटार प्रोडकक्ट नेपाल भित्राएको कम्पनीको दावी छ।
यी ड्राई मिक्स मोटार प्रोडकक्ट तयारी अवस्थामा हुने र पानी मात्र मिसाएर प्रयोग गर्न सकिने छ।
कम्पनीले रेडी मिक्स प्लास्टर, ब्लक जोइनिङ मोटार, टाइल एड्हेसिभ र पावर ग्राउट सार्वजनिक गरेको हो।
रेडी मिक्स प्लास्टर प्लास्टर गर्न, ब्लक जोइनिङ मोटारले ब्लक जोड्न, टाइल एड्हेसिभ टाइलको लागि र पावर ग्राउट हेभी इक्युप्मेन्टलाई निश्चित समयावधि सम्म स्थिर राख्न प्रयोग गरिन्छ।
यसको मूल्य ५ सयदेखि १५ सयसम्म पर्ने र छिट्टै बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०७६, ०७:०१:००