कन्सट्रक्सन सोलुसनलाई भारतको सम्मान


‘हुण्डाई कन्सट्रक्सन इक्विपमेन्ट’ इण्डियाले नेपालको लागि अधिकृत डिलर कन्सट्रक्सन सोलुसनलाई दक्षिणपुर्वी एसियाकै उत्कृष्ट डिलरको पदवीबाट सम्मानित गरेको छ।

थाईल्याण्डको पटायामा १० देखि १३ मार्चमा भएको हुण्डाई कन्सट्रक्सन इक्विपमेन्टको नवौँ वार्षिक डिलर भेलामा कन्सट्रक्सन सोलुसन नेपाललाई सन् २०१७/२०१८ मा नेपालमा हुण्डाई कन्सट्रक्सनको निर्माण सम्बन्धी सामानहरुको विक्री तथा प्रवर्द्धनमा गरेको योगदान वापत उक्त पुरस्कार प्रदान गरेको हो।

भेलामा यस क्षेत्रका विभिन्न देशका डिलरहरुको उपस्थिति रहेको थियो।

कन्सट्रक्सन सोलुसनले हुण्डाई कन्सट्रक्सनका एक्सकाभेटरहरु आयात तथा विक्री गर्दै आएको छ।

कम्पनीले विक्री पश्चात सर्भिसिङ्ग, मर्मत सम्भार तथा स्पेयर पार्टका सञ्जालहरु पनि विस्तार गरेको जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.