जगदम्बा सिमेन्टद्वारा डिलर तथा कामदारलाई तालिम


जगदम्बा सिमेन्टले निर्माण क्षेत्रमा संलग्न कामदार तथा आफ्ना डिलरहरुलाई तालिम प्रदान गरेको छ। दिगो तथा भूकम्पप्रतिरोेधात्मक संरचना निर्माणमा अवलम्वन गर्नुपर्ने विविध प्राविधिक पक्षहरुको जानकारी गराइएको जगदम्बाले जनाएको छ।

बागडोलको बेखाज पार्टी भेन्युमा भएको तालिम तथा भेटघाट सम्मेलनमा एक सयभन्दा बढी सहभागी थिए।

जगदम्बा सिमेन्टले उपभोक्ता तथा समाजप्रति उत्तरदायी रही विविध उपभोक्तामुखी कार्यक्रम समेत गरिरहेको छ। कम्पनीले यसै आर्थिक वर्षमा ‘आऔँ सबै मिली देश बनाऔँ’ भन्ने नारालाई अघि सारेको छ।

पुनःनिर्माणको कार्यलाई सघाउने उद्देश्यले सुरक्षित र मजबुत निर्माणका लागि विविध कार्यक्रमहरु गरिरहने कम्पनीले प्रतिबद्धता जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.