नेपालमा पहिलो पटक ‘चीन दक्षिण एसिया एक्स्पो नेपाल’ आयोजना हुने भएको छ ।
आगामी कार्तिक १६ गतेदेखि १९ गतेसम्म काठमाडाैं को भृकुटीमण्डपस्थित प्रर्दशनी हलमा पहिलो पटक ‘चीन दक्षिण एसिया एक्स्पो नेपाल’ आयोजना गर्न लागिएको सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
चिनियाँ बस्तु, मेसिन र त्यहाँको प्रविधि नेपाल भित्र्याउने उद्देश्यका साथ एक्पो आयोजना गर्न लागिएको नेपाल चीन कार्यकारी परिषदका अध्यक्ष अनुपराज भट्टराईले जानकारी दिए ।
््
नेपाल, चीन, भारत, पाकिस्तान, श्रीलंका, म्यान्मार, बंगलादेश समेत सहभागी हुने एक्स्पोमा १ सय ५० वटा भन्दा पढि स्टल रहनेछ । ४ दिनसम्म चल्ने एक्स्पोमा १ लाख भन्दा बढिले अवलोकन गर्ने र १० करोड भन्दा बढीको कारोबार हुने अपेक्षा पनि गरिएको छ ।