‘उत्सवको उमंग, सामसङसँग परिवार दङ्ग’ मा अहिलेसम्म १९ जना विजेताको छनौट


सामसङ इलेक्ट्रोनिक्सले आफ्नो दोस्रो चरणको उत्सवको उमंग योजना अन्तर्गत हरेक दिन एक जना भाग्यशाली विजेताको छनौट गर्दै आएको छ ।

सामसङ इलेक्ट्रोनिक्सले  हालसम्म १९ जना विजेताको छनौट गरिसकेको छ ।

यस योजनामा अवधिभर अर्थात् योजना समाप्त हुँदा ३५ भाग्यशाली विजेताको छनौट गरिनेछ र।  सामसङ होम अप्लाइन्सका एक सेट समान उनीहरु आफ्ना घर लैजाने छन् । ।

यस योजनामा सहभागी हुन ग्राहकले खरिद गर्नुभएको नयाँ सामसङ फोर जी स्मार्टफोनमा भएको ११ डिजिटको सिरियल नम्बरलाई ३७७२२ मा एस एम एस पठाई दर्ता गर्नु पर्दछ ।

एस एम पठाउँदा मोबाइलको मेसेजमा गई सामसङ् टाइप गरी स्पेस दिई नयाँ फोर जी मोबाइल सेटको ११ अंकको सिरियल नम्बर राखी ३७७२२ मा पठाउनु पर्दछ ।

एस एम एस पठाइ सकेपछि सिस्टमले दर्ता भएको जानकारी एस एम एस बाटै ग्राहकलाई दिइने छ । यसरी दर्ता भएका नम्बरहरुबाट एक जनालाई विजेताका रुपमा छनौट गरिने छ ।

लक्की ड्रको प्रक्रियालाई सामसङको आधिकारिक फेसबुक पेज facebook.com/samsungMobileNP  मा भाद्र २१ गते देखि वेलुकाको ठीक ५ बजे प्रत्यक्ष प्रसारण गरी देखाइने छ । लक्की ड्रको अतिरिक्त १००० वा १०० को पक्का मोबाइल रिचार्ज पनि प्राप्त हुने छ ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.