लेली वाइनको उत्पादन सुरु


नेपाली वाइन लेली वाइनको उत्पादन सुरु भएको छ। लाइक नेचुरल ले ले वाइन उद्योगले उत्पादन गरेको लेली वाइन विभिन्न स्वादमा बजारमा आएको उद्योगका कार्यकारी निर्देशक विकास खतिवडाले जानकारी दिए।

तीनप्रकारका वाइन बजारमा ल्याएको उद्योगले लेली रेड, स्वीट र ह्वाइट वाइनको उत्पादन सुरु गरेको हो। शतप्रतिशत फलफुलबाट उत्पादन गरिएको वाइनले नेपाली उपभोक्ताहरुको मन जित्नेमा कम्पनीले विश्वास लिएको छ।

कम्पनीले नेपाली कृषकहरुले उत्पादन गरेका फलफुलबाट वाइन उत्पादन गर्ने लक्ष्य लिएको र त्यसको लागि हाल ललितपुरकै लेलेका कृषकहरुले उत्पादन गरेको ग्राउन्ड एप्पलबाट ह्वाइट वाइन उत्पादन गरिरहेको खतिवडाले जानकारी दिए। आगामी दिनमा अन्य वाइनको लागि पनि अंगुर खेतीको सभ्वाव्यता अध्ययन गरिरहेको खतिवडाको भनाइ छ।

 

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.