बुद्ध एयरले पोखराबाट भरतपुर र भैरहवा उडान गर्ने, यस्तो छ भाडादर

बुद्ध एयरले पोखराबाट भरतपुर र भैरहवा उडान गर्ने, यस्तो छ भाडादर


बुद्ध एयरले पोखराबाट चितवनको भरतपुर र भैरहवा सीधा उडान गर्ने भएको छ । पोखरालाई चितवनको पर्यटकीय क्षेत्र सौराहासहित अर्को गन्तव्य लुम्बिनी जोड्ने गरी भदौ ३० गते देखि उठान सुरु गर्ने लागेको हो ।

भदौ ३० गते देखि पोखराबाट भरतपुर र भैरहवासम्म सीधा उडान गर्न लागेको बुद्ध एयरका पोखराका स्टेसन म्यानेजर गौतम बरालले जानकारी दिए । दुबै ठाउँमा दैनिक एक एकवटा उडान गर्ने तयारी गरेको उनले बताए । उनले उडानका तयारी पुरा भईसकेको र बुकिङ लिन थालेको बताए ।

उडानले पोखराबाट छिटो छरितो चितवन र भैरहवा जान चाहाने यात्रुलाई ठूलो राहत उनको विश्वास छ । बुद्धले १८ सिट क्षमताको विचक्राफ्ट १९०० डी जहाजबाट पहिलो चरणमा उडान सुरु गर्ने तयारी गरेको हो । उनका अनुसार पोखरा भरतपुर १६ मिनेट र पोखरा भैरहवा २० मिनेटको उडान अवधि हो ।

पोखरा भरपुरका लागि विहान १० बजे, भरपुर पोखरा १०ः३५, पोखरा भैरहवा ११ः१० र भैरहवाबाट पोखरा ११ः४० मिनेटमा पोखराका लागि उठान भर्ने बरालले बताए । पोखरा भरतपुरका लागि एकतर्फी नेपालीका लागि ३६ सय ५० र विदेशीका लागि ९२ अमेरीकन डलर शुल्क तिर्नुपर्ने बताए ।

त्यस्तै पोखरा भैरहवाका लागि नेपालीलाई ४२ सय र विदेशका लागि ९७ अमेरिकी डलर शुल्क तोकेको छ ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.