राजधानीमा जारी पाँचौ फर्निचर तथा फर्निसिङ मेलामा विभिन्न थरीका फर्निचरका सामानहरू प्रदर्शनी तथा विक्रीका लागि राखिएका छन् ।
फर्निचर एण्ड फर्निसिङ एशोसिएशन नेपालको आयोजनामा शुरू भएको फर्निचर मेलामा विभिन्न घरायसी तथा व्यवसायिक प्रयोजनका काठ तथा प्लाष्टिकका फर्निचरहरू राखिएका छन् ।
एक्स्पोमा भान्सा, बैठक, शयन कक्ष लगायत घरायसी प्रयोजनका लागि उपयोग हुने अत्याधुनिक डिजाईनका फर्निचरहरू रहेका छन् ।
मेलामा ४७ वटा ठूला र १९ वटा साना उद्योगीहरूले स्टल राखेका छन् भने मेला अवधिभर ती सामानको खरीदमा ३० प्रतिशतसम्मको छूट दिइएको छ ।
स्टलमा राखिएको शान फर्निचरका बजार व्यवस्थापक समिर श्रेष्ठले मेलामा एकै स्थानमा विभिन्न कम्पनीका उत्पादनहरू छानी छानी हेर्न, सबैतिरको भाउ बुझेर किन्न पाउने हुनाले उपभोक्ताको आर्कषण रहेको बताए । उनले चिनियाँ फर्निचरमा धेरै समस्या आउने तथा वारेन्टी समेत नरहने भएकाले वस्तु किन्दा सस्तो र बाहिरी सजावटभन्दा पनि गुणस्तरीय छान्नु पर्नेमा समेत जोड दिए ।
मेलामा कस्ता फर्निचर सामानको मूल्य कति छ त?अफिस कुर्सी (घुम्ने कुर्सी)मेलामा विभिन्न कम्पनीले अफिसमा प्रयोग गरिने कुर्सीहरु राखिएको छ । यी कुर्सीहरूमा सामान्यतया एकदेखि ३ वर्षसम्मको वारेन्टी दिइएको छ भने मूल्य ७ हजारदेखि २५ हजार रुपैयाँसम्म रहेको छ ।
सोफासोफामा प्रयोग भएको काठ, फर्म, बनोट, साइजले यसको मूल्य निर्धारण गरेको हुन्छ । एल आकारको पाँच सिटे सोफा धेरै विक्री हुने गर्छ । यसको मूल्य ५० हजारदेखि ४ लाख ९० हजार रुपैयाँसम्म रहेको छ ।
यसैगरी, फ्याब्रिक सोफाको मूल्य ६५ हजारदेखि १ लाख ४० हजार रुपैयाँ, अल्पाइन सोफाको ९० हजारदेखि १ लाख २० हजार रुपैयाँ, ब्रिस्टोल सोफाको ८५ हजारदेखि १ लाख १५ हजार रुपैयाँ, लेदर सोफाको २ लाख ४३ हजारदेखि ४ लाख ९० हजार रुपैयाँसम्म मूल्य पर्छ ।
यी सोफामा वारेन्टी भने एकदेखि ५ वर्षसम्मको दिइएको छ ।
ड्रेसिङ टेबलड्रेसिङ टेबलमा यसमा प्रयोग भएको काठ, डिजाईन तथा साईजका आधारमा मूल्य निर्धारण गरिएको हुन्छ । सामान्यतया यीनको मूल्य २२ हजारदेखि ५० हजार रुपैयाँसम्म रहेको छ । यीनमा एक वर्षसम्मको वारेन्टी दिइएकोे छ।
वार्डड्रबमेलामा भएका स्टलमा २० हजारदेखि ७० हजार रुपैयाँसम्म मूल्य बराबरका वार्डड्रब राखिएका छन्। यीनमा एक वर्षसम्मको वारेन्टी दिइएको छ ।
डाइनिङ टेबलमेलामा २० हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्मका डाइनिङ टेबलहरू विक्रीका लागि राखिएका छन् भने तीनमा १ वर्षसम्मको वारेन्टी दिइएको छ ।
कफी टेबलटेबलमा प्रयोग भएको काठ, साईज तथा डिजाईनका आधारमा मेलामा ८ हजारदेखि २५ हजार रुपैयाँसम्मका कफी टेबल रहेका छन् । यीनमा एक वर्षसम्मको वारेन्टी प्रदान गरिएको छ ।
अफिस टेबलमेलामा ३० हजारदेखि ६० हजारसम्मका अफिस टेबल विक्रीका लागि राखिएको छ। तीनमा १ वर्ष सम्मको वारेन्टी दिइएको छ।
प्लाष्टिकका कुर्सी तथा टेबलमेलामा प्लाष्टिकका कुर्सी तथा टेबलहरू समेत राखिएका छन् । प्लाष्टिकका कुर्सीको मूल्य ६ सयदेखि ७ सय रुपैयाँसम्मका छन् । त्यस्तै, प्लाष्टिकका टेबलको मूल्य भने २ हजारदेखि ३ हजारसम्म रहेको छ ।
रकिङ चेयरसामान्यतया साधवानको काठबाट बनेका रकिङ चेयरको मूल्य १५ हजारदेखि २५ हजार रुपैयाँसम्म राखिएको छ । यीनमा एक वर्षसम्मको वारेन्टी दिइएको छ।
म्याट्रेसमेलामा ५ फिटदेखि ६ फिटसम्म चौडाई भएका तथा ६.५ इन्च लम्बाई भएका म्याटे«सहरू विक्रीका लागि राखिएका छन् । यीनमा २ देखि ५ वर्षसम्मको वारेन्टी दिइएको छ ।यसमा प्रयोग भएका म्याट्रेरियलका आधारमा मूल्य ४० हजारदेखि ७० हजार रुपैयाँसम्म रहेको छ ।
बेडरुम सेटबेडरुम सेटमा १ बेड, दुई वटा साइड टेबल, १ ड्रेसिङ टेबल र १ वार्डड्रब रहेको हुन्छ । यीनको मूल्य १ लाख २० हजारदेखि ४ लाख रुपैयाँसम्म छ भने एक देखि ५ वर्षसम्मको वारेन्टी दिइएको छ।
वाल प्यानलवाल प्यानलमा दश वर्षको वारेन्टी दिइएको छ । डिजाइन अनुसार यीनको मूल्य प्रति स्क्वायर फिट २ सय रुपैंयाँ रहेको छ ।