कैलालीमा ८ सय ७० उद्योग दर्ता


आर्थिक वर्ष २०७३/७४ मा साना तथा मझौला गरी ८७० उद्योग दर्ता भएको छ ।

उद्योग विकास कार्यालयका प्रमुख दिलीपबहादुर चन्दका अनुसार गत आवमा ६७५ वटा प्राइभेट लिमिटेड कम्पनी, १५३ वटा लघुउद्यम उद्योग र ४२ वटा साझेदारी फर्म दर्ता भएको छ ।

साना र मझौला उद्योगमा  ९१ करोड ४६ लाख २९ हजार रुपैयाँ पूँजी लगानी रहेको छ । ती उद्योगबाट  ९४ लाख ८३ हजार ८२३ रुपैयाँ राजस्व संकलन भएको चन्दले बताए ।  दर्ता भएका उद्योगमा दुई सय २० महिला र चार सय ७३ पुरुषले रोजगार पाएका छ ।

आव २०७२/७३ मा साना र मझौला गरी ६ सयभन्दा बढी उद्योग दर्ता भएका थिए । सरकारले कृषि क्षेत्रको विकासका लागि सहुलियत ऋण तथा अनुदानको कार्यक्रम ल्याएसँगै कृषिमा आधारीत उद्योग दर्ता भएका थिए । रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.