कोकाकोलाको नयाँ अफर ‘बिर्को खोलौं–क्यास जितौँ’


कोकाकोलाले ‘बिर्को खोलौं क्यास जितौँ’ अफर संचालन गरेको छ।

आगामी भदौ २२ गतेसम्म वा स्टक रहुन्जेलसम्म यो अफर लागू हुने कम्पनीले जनाएको छ। कोकाकोला, फ्यान्टा अरेन्ज र स्प्राइटको प्रत्येक २५० मिलिलिटरको फिर्ता हुने सिसा बोत्तलमा लागू हुने कम्पनीले जनाएको छ।

जसमा १ रुपैयाँदेखि १ सय सम्मका पुरस्कारहरु जित्न सकिन्छ। कोकाकोला, फ्यान्टा अरेन्ज र स्प्राइटको २५० मिलिलिटरको बोतलमा रहेको सुनौलो बिर्कोको मुनि रकम लेखिएको हुने र सो सुनौलो बिर्को साटेर रिटेलरहरुबाट तत्काल नगद पुरस्कार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.