तीन करोडको लगानीमा ‘होटल गोरखा प्यालेस’ सञ्चालन


सदरमुकामस्थित हरमटारीमा चारजना युवाले रु तीन करोड लगानीमा होटल सञ्चालनमा ल्याएका छन् । दुईवटा ठूला सभाहल, बाल उद्यान, मसाज सुविधासहितको ‘होटल गोरखा प्यालेस’ सञ्चालनमा आएको हो । प्रबन्ध निर्देशक सुरेन्द्र न्यौपानेका अनुसार होटल ६० जना क्षमताको रहेको छ ।

होटल सञ्चालनमा आएपछि पर्यटकलाई सहज भएको छ । सञ्चालक निधिप्रसाद तिमिल्सिना मनास्लु पदयात्राका लागि आउने पर्यटक धादिङ हुँदै गोरखाको आरुघाट निस्कने गरेकामा अब सदरमुकाममा बास बसेर गोरखा दरबार अवलोकन गरी मनास्लु पदयात्रामा जान थालेका बताउनुहुन्छ । होटलमा अहिले २० जनाले प्रत्यक्षरुपमा रोजगारी पाएका छन् । सुरेन्द्र न्यौपाने, निधिप्रसाद तिमिल्सिना, नवराज न्यौपाने र पुष्पराज न्यौपाने मिलेर उक्त होटल सञ्चालनमा ल्याएका हुन् । रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.