नौ पसललाई सातदिने निर्देशन


आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमनका क्रममा नियमअनुरुप पसल सञ्चालन नगरेको जनाई स्थानीय वसुन्धरा र महाराजगञ्जमा रहेका नौ मासु पसललाई सात दिनभित्र विभागमा आउन निर्देशन दिएको छ ।

विभागले आज नियमित रुपमा गरेको अनुगमनका क्रममा मूल्यसूची नराखेको, नापतौल प्रमाणीकरण नगरेको, व्यवसाय दर्ता नगरेको र अत्यन्तै फोहोर रहेको पाएपछि सबै प्रक्रिया पूरा गरी विभागमा आउन ती पसललाई निर्देशन दिएको हो ।

वसुन्धरास्थित श्याम मिट सप, कालिञ्चोक मिट सप, आँधीखोला भेराइटी मिट सप, न्यु वाग्मती किचेन स्टोर, भीमेश्वर मिट सप र डिएण्डआर एग्रिकल्चर मिट र महाजगञ्जस्थित गणेश कोल्ड स्टोर र हाम्रो मिटसपलाई सो निर्देशन दिइएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए।

गत जेठ २३ गतेदेखि विभागले बजार अनुगमन तीव्र पारेको छ । खाद्य क्षेत्रमा केही सुधार आए पनि अझै केही माछामासु, औषधि र यातायात क्षेत्रमा रहेको समस्या उस्तै रहेको विभागको ठहर छ । रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.