पेट्रोलियम पदार्थ र ग्यासको मूल्य घट्यो

पेट्रोलियम पदार्थ र ग्यासको मूल्य घट्यो


नेपाल आयल निगमले पेट्रालियम पदार्थ र खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको छ।

निगमका प्रवक्ता सिताराम पोखरेलका अनुसार पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ घटेको छ।

प्रतिलिटर १ सय रुपैयाँको पेट्रोललाई अब ९८ रुपैयाँ तिरे पुग्नेछ। त्यस्तै डिजेल र मटितेल प्रतिलिटर ७६ रुपैयाँ रहेकोमा ७४ मा घटेको छ।

खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँले घटेको छ। ग्यासको नयाँ मूल्य १ हजार ३ सय २५ कायम भएको छ। आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर ४ रुपैयाँले घटेर ८२ रुपैयाँमा झरेको छ। आज राति १२ बजेपछि नयाँ मूल्य लागू हुने निगमले जनाएको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.